दसैँ लागेसँगै घट्यो कोरोना परीक्षण दर,२४ घन्टामा थपिए ३ सय ६५ संक्रमित
काठमाडौं,२७ असोज । गत २४ घन्टामा देशभर ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ सय ९ जना स्वस्थ भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ५ हजार ५ सय ९४ कोरोना परीक्षण गरिएको छ । जसमा ३ हजार ६ सय ७१ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ३ सय २६ जना र १ हजार ९ सय २३ एन्टीजेन परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै हालसम्म नेपालमा ८ लाख ९७ हजार १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमित भएकामध्ये ७ लाख ७८ हजार ३ सय ५० जना स्वस्थ भएका छन् ।
गत २४ घन्टामा देशभर थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय ६१ पुगेको छ ।
त्यस्तै गत २४ घन्टामा देशभर २ हजार २ सय ७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसँगै कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको संख्या ६४ लाख ६८ हजार ८ सय ९० पुगेको छ ।
नेपालमा हाल १४ हजार २ सय ६७ सक्रिय संक्रमित रहेका छन् भने ३ सय १५ जना आईसीयूमा र १ सय ७ जना भेन्टिलेटरमा रहेका छन् ।