गत २४ घन्टामा थपिए ७ सय ९२ संक्रमित,थप १४ जनाको मृत्यु
काठमाडौं,२६असोज । गत २४ घन्टामा देशभर ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ सय १० जना स्वस्थ भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ९ हजार ६ सय १९ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार ६० आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ६ सय ९१ जना र २ हजार ५ सय ५९ एन्टीजेन परीक्षण गर्दा १ सय १ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै हालसम्म नेपालमा ८ लाख ९६ हजार ७ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमित भएकामध्ये ७ लाख ७७ हजार ७ सय ४१ जना स्वस्थ भएका छन् ।
गत २४ घन्टामा देशभर थप १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय ५७ पुगेको छ ।
त्यस्तै गत २४ घन्टामा देशभर ६९ हजार ८ सय २४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसँगै कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको संख्या ६४ लाख ६८ हजार ७ सय ७५ पुगेको छ ।
नेपालमा हाल १४ हजार ५ सय ५४ सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६ जना आईसीयूमा र १ सय २ जना भेन्टिलेटरमा रहेका छन् ।