दसैंमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन नहुँने
काठमाडौं,२६ असोज । दसैंमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन नहुँने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर अधिकारीका अनुसार दसैंमा जनशक्ति अभावका कारण कोरोनाविरुद्धको खोप अभियान सञ्चालन नहुने भएको हो ।
कतिपय स्वास्थ्यकर्मीहरू दसैं बिदामा घर गएकाले खोप अभियान प्रभावित हुने बताए ।
खोप अभियान नै सञ्चालन नभए पनि विशेषगरी वैदेशिक रोजगारीमा जानेहरूलाई आवश्यकता परे खोप लगाइने अधिकारीले बताएका छन् ।
दसैं सकिए लगतै पुन खोप अभियान सञ्चालन गरिने उनले बताए । उनले कोरोनाको जोखिम कायमै रहेकाले सावधानी अपनाएर दसैं मनाउन पनि आग्रह गरेका छन् ।
सरकारले नेपालीहरुको महान चाड दशैं लागेसँगै सिमानामा कडाई गरेको छ भने हेल्थ डेस्कहरुको स्थापना गरेको छ ।
Last modified on 2021-10-14 15:22:54