सेती अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

धनगढी,२६ असोज । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ । 

कञ्चनपुरको वेदकोट नगरपालिका–२ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा थप मंगलवार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल अस्पतालमा ८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । 

जसमध्ये ६ जनाको आइसियूमा उपचार भइरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ। यस्तै अस्पतालमा  ३ जना बिरामी भर्ना भएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts