एकैदिन १ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप,थप १२ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, २५असोज । नेपालमा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १२ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय ४३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय ७८ रहेको छ । जसमा १३ हजार ६ सय २२ जना होम आइसोलेसनमा छन् भने १ हजार १ सय ६५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

त्यस्तै सक्रिय संक्रमितमध्ये ३ सय १४ जना आईसीयूमा उपचाररत छन् भने १ सय ११ जना भेन्टिलेटरमा भर्ना भएका छन् । 

त्यस्तै गत २४ घन्टामा देशभर १ लाख २७ हजार ५ सय ५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन । योसँगै कोरोना विरुद्धको दुबै डोजको खोप लगाउने संख्या ६४ लाख ६२ हजार ७ सय ७६ पुगेको छ । 
 

Last modified on 2021-10-12 09:15:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts