सेती अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु 



Download our app to get more features

धनगढी, २५ असोज । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ । 

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ की ८० वर्षीया वृद्धाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा थप सोमबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६९ जनाको नमूना परिक्षण गरिएकोमा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । 

हाल अस्पतालमा ६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५ जनाको आइसियूमा उपचार भइरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ। यस्तै अस्पतालमा १ जना बिरामी भर्ना भएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts