मंसिर ११ गते नर्सिङ लाइसेन्स परीक्षा हुने
काठमाडौं,२५ असोज । मंसिर ११ गते नर्सिङ लाइसेन्स परीक्षा हुने भएको छ । नेपाल नर्सिङ काउन्सिलले एक सूचना जारी गर्दै परीक्षाको जानकारी गराएको हो ।
काउन्सिलले परीक्षाका लागि अनलाइन फारम खुल्ला गर्ने भएको छ। असोज ३१ गतेबाट अनलाइन फारम खुल्ला गर्ने काउन्सिलले जनाएको छ ।
अनलाइन फारम परिक्षाको लिंक nnc.esewa.com.np मा गएर भर्न सकिने काउन्सिलले बताएको छ ।