कृष्णनगरमा फैलिएको झाडापखालाको प्रकोप नियन्त्रणमा
काठमाडौं,२४ असोज । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखालाको प्रकोप नियन्त्रणमा आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै हाल प्रकोप नियन्त्रणमा रहेको बताएको हो । मन्त्रालयले प्रकोपको कारण तथा सम्भावित स्रोतको खोजि कार्य जारी रहेको पनि बताइएको छ ।
मन्त्रालयले जारी गरेको आजसम्मको विवरण अनुसार जम्मा ६ सय ८८ जनामा लक्षण देखिएको र जसमध्ये ६ सय ३१ जना डिस्र्चाज भएका छन् । त्यस्तै ४० जनाको तौलिहवास्थित कपिलवस्तु अस्पताल र वुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा निशुल्क उपचार भइरहेको छ भने १७ जना कृष्णनगर नगरपालिका स्थित शिवराज अस्पतालमा उपचाररत छन् ।
त्यसैगरी मन्त्रालयले खाना बनाउनु वा खाना खानु अगाडि साबुन पानीले मिची मिची हात धोएर मात्र खान,राम्ररी पाकेको खाना मात्र खान तथा बासी वा सडेगलेका खानेकुरा नखान,पानी उमालेर वा क्लोरी न प्रयोग गरेर मात्र पिउन,खुल्ला रुपमा दिसा पिसाब नर्गन साथै दिसा पिसाब गरेपछि साबुन पानीले हात धुन आग्रह गरेको छ ।