विश्वमा कूल नसर्ने रोगहरुको समस्या मध्ये १८ प्रतिशत समस्या मानसिक रोग
काठमाडौं,२४ असोज । विश्वमा कूल नसर्ने रोगहरुको समस्या मध्ये १८ प्रतिशत समस्या मानसिक रोग रहेको छ ।
त्यस्तै अपाङ्गता गराउने प्रमूख १० समस्याहरुमध्ये ५ वटा मानसिक स्वास्थ्य समस्या रहेका छन् । विश्वभरमा लगभग २० प्रतिशत बालबालिका तथा किशोर किशोरीहरुमा भावनात्मक,व्यवहारिक तथा अन्य खालको मानसिक स्वास्थ्य समस्या रहेको छ ।
विश्वमा १५ देखि २९ वर्षका युवाहरुमा मृत्युको दोस्रो कारण आत्महत्या रहेको देखिन्छ ।
मुटु रोग दम वा मधुमेह भएका बिरामीलाई डिप्रेसनको सम्भावना २ देखि ३ गुणा बढी हुने गरेको छ । अधिकांस मानसिक समस्याहरुको सुरुवात २४ वर्ष भन्दा कम उमेरमा देखिने गरेको छ ।
Last modified on 2021-10-10 12:39:39