आत्महत्या प्रयास वा आत्महत्या गर्ने ९५ प्रतिशत व्यक्तिहरुमा मानसिक समस्या
काठमाडौं,२४ असोज । आत्महत्याको प्रयास गर्ने ९५ प्रतिशत व्यक्तिहरुमा मानसिक समस्या हुने गरेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर गरेको कार्यक्रममा आत्महत्याको प्रयास गर्ने ९५ प्रतिशत व्यक्तिहरुमा मानसिक समस्या हुने गरेको बताइएको हो ।
झण्डै ९५ प्रतिशत व्यक्तिहरु जसले आत्महत्याको प्रयास वा आत्महत्या गदर्छन उनीहरुमा मानसिक समस्या रहेको र तीमध्ये ८० प्रतिशतमा उदासिनता, १० प्रतिशतमा साइकोसिस, ५ प्रतिशतमा डिमेन्सिया, डेलिरियम, र लागुपदार्थ सम्बन्धि समस्या रहेका छन ।
त्यस्तै सामान्य व्यक्तिहरुको तुलनामा मानसिक समस्या भएका व्यक्तिहरुमा आत्महत्याको जोखिम ३ देखि १२ गुणा बढी रहेको हुन्छ ।
राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० मा १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयस्कमा हालको अवस्थामा पनि मानसिक समस्या रहेको पाइएको छ ।