गत २४ घन्टामा थपिए ७ सय ६० संक्रमित,थप ११ जनाको मृत्यु

काठमाडौं,२३ असोज । गत २४ घन्टामा देशभर ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ सय ९९ जना स्वस्थ भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १२ हजार ३१ कोरोना परीक्षण गरिएको छ । जसमा ६ हजार १ सय ६८आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ६ सय ३६ जना र ५ हजार ८ सय ६३ एन्टीजेन परीक्षण गर्दा १ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै हालसम्म नेपालमा ८ लाख ९४ हजार ५ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमित भएकामध्ये ७ लाख ७५ हजार ७२ जना स्वस्थ भएका छन् ।
गत २४ घन्टामा देशभर थप ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय २१ पुगेको छ ।
त्यस्तै गत २४ घन्टामा देशभर ९० हजार ९ सय ९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसँगै कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको संख्या ६४ लाख ४६ हजार ९ सय ५७ पुगेको छ ।
नेपालमा हाल १५ हजार ३ सय ४० सक्रिय संक्रमित रहेका छन् भने ३ सय १७ जना आईसीयूमा र १ सय १३ जना भेन्टिलेटरमा रहेका छन् ।