महाकाली अस्पतालमा सुत्केरीको मृत्यु, चिकित्सकको लापरबाही भएको परिवारको आरोप



Download our app to get more features

कञ्चनपुर, २३ असोज । कञ्चनपुरको महाकाली अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ ।

शनिबार बेदकोट नगरपालिका–९ की २४ वर्षीय भागरथी साउँद धामीको मृत्यु भएको हो । 

बच्चा जन्माइसकेपछि साल नझरेको र धेरै रगत बगेपछि उनको मृत्य भएको महाकाली अस्पतालका मेसु हरिकुमार श्रेष्ठले बताए ।

उनका अनुसार अक्सिजनको मात्रा कम भएपछि शनिबार बिहान १ बजे सुत्केरीको मृत्यु भएको हो । बच्चाको स्वास्थ्य अवस्था समान्य रहेको डा. श्रेष्ठले बताए ।
 
मृतकका आफन्तले महाकाली अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् । बच्चाको हेरचाह र घटनाको छानविन गर्न धामीका श्रीमान महेन्द्र धामीले आग्रह गरेका छन् ।
 
अहिले पीडित पक्ष र महाकाली अस्पताल प्रशासनबीच छलफल भइरहेको छ । महाकाली अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Last modified on 2021-10-10 06:58:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts