सरकारले भारतबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड आज नेपाल आउँदै



Download our app to get more features

काठमाडौं, २३ असोज । सरकारले भारत सरकारबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड खोप आज नेपाल आउँदै छ ।

सरकारले सात महिनाअघि भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिशिल्ड खोप आज नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागको आपुर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले जानकारी दिए । उनले आज दिउँसो २ बजे भारतबाट खरिद गरिएको खोपको १० लाख मात्रा काठमाडौं आइपुग्ने बताए ।

यो खोप पहिलो मात्रा एस्ट्राजेनेका लगाएका नागरिकलाई दिइनेछ । सरकारले भारतको सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिदका लागि सम्झौता गरेर रकम पठाएको थियो । त्यसमध्ये १० लाख मात्रा खोप आउन लागेको हो ।

भारत सरकारले खोप निर्यातमा रोक लगाएपछि सरकारले खरिद गरेको खोप नेपाल आउन सकेको थिएन । तर, गत अगस्टमा भारत सरकारले खोप निर्यातमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेपछि खोप निर्यातको बाटो खुलेको हो ।

Last modified on 2021-10-09 16:17:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts