विरोध खतिवडाले गरे स्वास्थ्य मन्त्रालयको पदभार ग्रहण



Download our app to get more features

काठमाडौं, २२ असोज ।  राज्यमन्त्रीका भरमा चल्दै आएको स्वास्थ्य मन्त्रालयको विभागीय मन्त्रीका रुपमा विरोध खतिवडाले सपथ ग्रहण गरेका छन्।

शेरबहादुर देउबा प्रधानमन्त्री नियुक्त भएयता स्वास्थ्य मन्त्रालयले विभागीय मन्त्री पाएको थिएन। राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी बहन गर्दै आएका थिए।

खतिवडालाई स्वास्थ्य मन्त्री नियुक्त गरिएपछि राज्यमन्त्री श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको छ।

सत्ता गठनबन्धनमा माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीको भागबाट खतिवडाले मन्त्री बन्ने अवसर पाएका हुन्। 
उनले शुक्रबार नै स्वास्थ्य मन्त्रालय पुगी पदभार ग्रहण गरेका हुन्।

Last modified on 2021-10-09 08:55:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts