भारतबाट १० लाख डोज कोभिसिल्ड खोप भोलि आउँदै
काठमाडौं, २२ असोज । भारतबाट १० लाख डोज कोभिसिल्ड खोप भोलि नेपाल आउने भएको छ ।
सरकारले गत फागुनमा भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप भोलि आइपुग्ने भएको हो।
सरकारले भारतको सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिदका लागि सम्झौता गरेर रकम पठाएको थियो ।
सम्झौता भएमध्ये १० लाख मात्रा खोप आउन लागेको हो । खोप शनिबार २ बजे आइपुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
Last modified on 2021-10-09 06:10:08