स्वास्थ्य मन्त्रीमा विरोध खतिवडा नियुक्त,राज्यमन्त्री श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा



Download our app to get more features

काठमाडौं,२२ असोज । स्वास्थ्य मन्त्रीमा विरोध खतिवडा नियुक्त भएका छन् । खतिवडा नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद हुन् ।  

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार खतिवडालाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेकी हुन्।  

स्वास्थ्य राज्यमन्त्री भने भवानीप्रसाद खापुङ भएका छन् । खापुङ पनि (एकीकृत समाजवादी) पार्टीकै नेता हुन् । 

त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । गत साउन १० गते प्रधानमन्त्री देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए । श्रेष्ठलाई राज्यमन्त्रीकै हैसियतमा प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको हो ।

आज नियुक्त भएका अन्य मन्त्रीले केहीबेरमा शपथ लिने कार्यक्रम रहेको छ । 

Last modified on 2021-10-09 06:09:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts