स्वास्थ्य मन्त्रीमा विरोध खतिवडा सिफारिस,रामकुमारीलाई पर्यटन



Download our app to get more features

काठमाडौं, २२ असोज । नेकपा (एकीकृत समाजवादी)ले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने भएको छ ।

यसअघि स्वास्थ्य मन्त्रीका लागि रामकुमारी झांक्रीलाई प्रस्ताव गरिएको भनेपनि पछि एकीकृत समाजवादीले विरोध खतिवडालाई स्वास्थ्य मन्त्रीका लागि सिफारिस गरेको छ । नेतृ  झांक्रीलाई भने संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीका लागि सिफारिस गरिएको बताइएको छ ।

एकीकृत समाजवादीबाट खतिवडा र रामकुमारी झाँक्रीसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ,सहरी विकासमन्त्री  प्रेम आले र राज्यमन्त्री भवानी खापुङ बन्दैछन् । 

Last modified on 2021-10-08 16:25:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts