कृष्णनगर झाडापखाला : पिउने पानीमा दिशा मिसिएको पुष्टी
कपिलवस्तु, २२ असोज । कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित झाडापखाला प्रभावित क्षेत्रमा पिउने पानीमा कोलिफर्म र इ–कोली जिवाणु फेला परेको छ। फेला परेका दुबै जिवाणु मानव मलमुत्रमा पाइने जिवाणु रहेको चिकित्सकको भनाइ छ।
नेपाल खानेपानी संस्थान बहादुरगञ्ज शाखाबाट बितरण गरिएको धारा र ४० फिटदेखि माथि गाडिएका नल ९चापाकल० को नमुनामा कोलिफर्म भेटिएको हो। सय फिट भित्र गाडिएको नल ९हैण्डपम्प० मा भने जिवाणु फेला नपरेको बताइएको छ।
कृष्णगनर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा फैलिएको झाडा पखालालाई नियन्त्रण गर्न अस्पतालले उपचार सँगै समुदायहरुमा विभिन्न टोली बनाएर खानेपानी र काउन्सिलिंगको कार्यहरु गरीरहेको हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए।
उनले खानेपानी उमालेर खाने र पिउसको वितरण कार्य गरिरहेको जानकारी दिए। सोही क्रममा खानेपानीको नमुना पठाएका थियौं र रिर्पोट पनि आइसकेको त्यसमध्ये खानेपानी संस्थानद्धारा वितरण गरिएको त्यसमा इ–कोली आई र कोलिफर्म देखिएको बताए। त्यसैगरी कोलेरा परिक्षणको लागि दिशा पनि पठाइएको छ तर त्यसको रिर्पोट आएको छैन।
यस्तै संकलित नमुनाको बाणगंगामा रहेको प्रदेशस्तरीय प्रयोगशालामार्फत संघीय प्रयोगशाला बुटवलमा परिक्षण गरिएको थियो। समुदायबाट चार नमुना संकलन गरिएको बताइएको छ।
ल्याबले दिएको जानकारी अनुसार अत्याधिक मात्रा कोलिफर्म र दिसामा पाइने जिवाणु फेला परेको घिमिरेले बताए। रिपोर्टको पुर्ण विवरण आउन बाँकी रहेको उनले बताए।
जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुको तथ्याङ्क अनुसार बिरामीको सङ्ख्या ४६१ नाघेको छ। जसमध्ये ३७ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल र तौलिहवा अस्पतालमा रेफर गरिएको छ भने ५८ जना बिरामीको उपचार शिवराज अस्पतालमा भइरहेको र ३ सय ६६ जना लाई डिस्चार्ज गरिएको शिवराज अस्पताल बहादुरगन्ज का प्रमुख डाक्टर मुकेश चौधरीले जानकारी गराए।