आजदेखि काठमाडौंमा कोरोनाविरुद्धको पहिलो डोज खोप लगाईदै
काठमाडौं,२२ असोज । आजदेखि काठमाडौं महानगरपालिकामा कोरोनाविरुद्धको पहिलो डोज खोप लगाईदै छ ।
महानगरले ३२ वटै वडामा रहेको खोप केन्द्रमा खोप लगाउने कार्यक्रम सञ्चालन हुने जनाएको छ ।
त्यस्तै नेपाल प्रहरी, वीर, निजामती, परोपकार प्रसुती र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप लगाउने व्यवस्था रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
खोप विहान १० बजेदेखि ४ बजेसम्म लगाउन पाइने छ । खोप लगाउन जाँदा परिचय खुल्ने फोटो सहितको परिचय पत्र र विद्युतीय दर्ता नम्बरसहित नजिकको खोप केन्द्रमा गई भिडभाड नगरी खोप लगाउन महानगरपालिकाले नगरबासीहरुलाई अनुरोध गरेको छ ।
Last modified on 2021-10-08 13:57:26