कृष्णनगरमा फैलिएको प्रकोप अनुसन्धानका लागि चिकित्सक टोलि परिचालन



Download our app to get more features

काठमाडौं, २१ असोज ।  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखालाको प्रकोप नियन्त्रणका लागि चिकित्सक टोलि परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार प्रकोप नियन्त्रण,व्यवस्थापन तथा अनुसन्धान गर्न इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आवश्यक औषधि तथा सामग्री लिएर चिकित्सक सहितको टोलि आज बिहानै बाट परिचालित भइरहेको छ । 

मन्त्रालयले दिएको तथ्यांक अनुसार आज बिहान ९ बजेसम्ममा ३७० जना भर्ना गरी उपचार गरिएको,जसमध्येमा २२८ जना स्वास्थ्य संस्था तथा अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । त्यस्तै ११० जना उपचाररत रहेको र ३२ जनालाई तौलिहवा अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरिएको छ । 

त्यसैगरी ५ वटा बिरामीहरुको दिशाको नमुना संकलन गरी प्रयोगशालामा परक्षण भइरहेको र नतिजा आउन बाकि रहेको मन्त्रालयले जनाएको छ । 

कृष्णनगर नगरपालिकाको वडा नम्बर ५, ७, ८, ९ मा झाडापखालाको प्रकोप फैलिएको छ । प्रकोप नियन्त्रणका लागि मन्त्रालयको चिकित्सक टोलि त्यहाँ पुगेको छ ।  

Last modified on 2021-10-08 11:37:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts