देशभर १० हजार ६ सय ७२ कोरोना परीक्षण हुँदा थपिए ८ सय ५ संक्रमित
काठमाडौं,२१ असोज । गत २४ घन्टामा देशभर ८ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ सय ११ जना स्वस्थ भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १० हजार ६ सय ७२ कोरोना परीक्षण गरिएको छ । जसाम ७ हजार २ सय ६४ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ६ सय ६७ जना र ३ हजार ४ सय ८ एन्टीजेन परीक्षण गर्दा १ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै हालसम्म नेपालमा ८ लाख ९३ हजार ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमित भएकामध्ये ७ लाख ७३ हजार १ सय ४० जना स्वस्थ भएका छन् ।
गत २४ घन्टामा देशभर थप ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय पुगेको छ ।
त्यस्तै गत २४ घन्टामा देशभर ५७ हजार १ सय ५८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसँगै कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको संख्या ६४ लाख ३० हजार ४ सय ३१ पुगेको छ ।
नेपालमा हाल १६ हजार ९ सय ४२ सक्रिय संक्रमित रहेका छन् भने ३२९ जना आईसीयूमा र ११२ जना भेन्टिलेटरमा रहेका छन् ।