नेपाललाई क्यानडा र माल्दिभ्सले एस्ट्राजेनेका खोप अनुदानमा उपलब्ध गराउने
काठमाडौं,२१ असोज । नेपाललाई क्यानडा र माल्दिभ्सले एस्ट्राजेनेका खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार क्यानडाले कोभ्याक्स सुविधामार्फत ४ लाख डोज खोप र माल्दिभ्सले २ लाख ३० हजार डोज खोप अनुदानमा उपलब्ध गराउने बताइएको छ ।
महाशाखाले क्यानडा र माल्दिभ्सले उपलब्ध गराउने खोप नेपालमा कहिले आइपुग्ने मिति भने तय नभइसकेको बताएको छ ।
नेपाललाई हालसम्म भारत, चीन, अमेरिका, जापान, भुटान, बेलायतले कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन र एस्ट्राजेनेका खोप अनुदानमा उपलब्ध गराइसकेका छन् ।