भ्रष्टाचारमा कसुर प्रमाणित भएपछि फार्मेसी अधिकृत अधिकारी सरकारी सेवाबाट बर्खास्त
काठमाडौं, २१ असोज । सरकारले फार्मेसी अधिकृत श्यामकुमार अधिकारीलाई सरकारी सेवाबाट बर्खास्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना जारी गर्दै उनलाई भ्रष्टचार गरेको कसुरमा भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको बताएको हो ।
लोक सेवा आयोगको उजुरी तथा विभागीय सयजाय परामर्श शाखाको असोज १४ को परामर्श अनुसार स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा २ को खण्ड 'ख' अनार भ्रष्टाचार कसुरमा बर्खास्त गरिएको सूचनाामा उल्लेख गरिएको छ ।
सातौं तहका फार्मेसी अधिकृत अधिकारीले २०७१ सालमा भ्रष्टाचार गरेको फेला परेको थिए ।
Last modified on 2021-10-07 17:54:55