गाभीले नेपाललाई अनुदानमा दिने फाइजर खोप दसैंपछि आउने
काठमाडौं, २० असोज । नेपाललाई गाभीले उपलब्ध गराउने भनेको कोरोनाविरुद्धको फाइजर खोप दसैंपछि आउने भएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्र्तगत खोप शाखाका प्रमुख सागर दाहालका अनुसार गाभीले अनुदानमा दिन लागेको १ लाख डोज फाइजर खोप दसैंपछि ल्याउन लागिएको हो ।
फाइजर खोप माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने हुन्छ । हाल नेपालसँग माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने फाइजर खोप राख्न सकिने चारवटा मात्रै फ्रिज उपलब्ध रहेको विभागले जनाएको छ।
सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज खरिद सम्झौता गरिसकेको छ । उक्त ६० लाख डोज खोप पनि दसैंपछि नै नेपाल आउने बताएको छ ।
Last modified on 2021-10-07 07:58:24