गत २४ घन्टामा देशभर कोरोनाबाट ६ जनाको मृत्यु,थपिए १ हजार बढी संक्रमित
काठमाडौं,१८ असोज । गत २४ घन्टामा देशभर ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार १ सय १४ जना स्वस्थ भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १६ हजार ४२ कोरोना परीक्षण गरिएको छ । जसाम ११ हजार ५ सय ८२ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ७ सय ६२ जना र ४ हजार ४ सय ६० एन्टीजेन परीक्षण गर्दा २ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै हालसम्म नेपालमा ८ लाख ९१ हजार २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमित भएकामध्ये ७ लाख ७१ हजार ३ सय ३८ जना स्वस्थ भएका छन् ।
गत २४ घन्टामा देशभर थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार १ सय ८० पुगेको छ ।
त्यस्तै गत २४ घन्टामा देशभर १ लाख ३२ हजार ८ सय ९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसँगै कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको संख्या ६४ लाख ९ हजार १ सय ९६ पुगेको छ ।
नेपालमा हाल १६ हजार १ सय १७ सक्रिय संक्रमित रहेका छन् भने ३३५ जना आईसीयूमा र १२२ जना भेन्टिलेटरमा रहेका छन् ।