सारथी अस्पतालमा निःशुल्क ओपीडी सेवा
धनगढी, १९ असोज । धनगढीस्थित सारथी अस्पतालले शनिवारदेखि निःशुल्क ओपीडी सेवा सुरु गरेको छ। अस्पतालले दसैंको अवसरमा असोज ३० गतेसम्म ओपीडी सेवा निःशुल्क गर्ने जनाएको छ।
पाँच सय डाक्टरको ओपीडी शुल्क लिदै आएको उक्त अस्पतालले दसैंको अवसरमा दिईने निःशुल्क ओपीडी सेवाले बिरामीलाई राहत पुग्ने अस्पतालका प्रवन्ध निर्देशक बेदप्रसाद जोशीले बताए।
यस्तै अस्पतालले दमका बिरामीको पिएफटी निःशुल्क जाँच गर्ने र मेसिन समेत निःशुल्क उपलब्ध गराउने जनाएको छ।