गत २४ घन्टामा देशभर कोरोनाबाट १० जनाको मृत्यु, थपिए १ हजार ३० नयाँ संक्रमित
काठमाडौं,१८ असोज । गत २४ घन्टामा देशभर १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार जना स्वस्थ भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १० हजार ८ सय ७४ कोरोना परीक्षण गरिएको छ । जसाम ५ हजार ८ सय ९३ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ८ सय १२ जना र ४ हजार ९ सय ८१ एन्टीजेन परीक्षण गर्दा २ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै हालसम्म नेपालमा ८ लाख ९० हजार २ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमित भएकामध्ये ७ लाख ६७ हजार ८ सय १९ जना स्वस्थ भएका छन् ।
गत २४ घन्टामा देशभर थप १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार १ सय ७४ पुगेको छ ।
त्यस्तै गत २४ घन्टामा देशभर १ लाख २० हजार ५ सय ४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसँगै कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको संख्या ६३ लाख ८४ हजार १ सय ७२ पुगेको छ ।
नेपालमा हाल १६ हजार ६ सय ६ सक्रिय संक्रमित रहेका छन् भने ३५१ जना आईसीयूमा र ११८ जना भेन्टिलेटरमा रहेका छन् ।