उपचारपछि घर फर्किए नेपाल,घरमै आराम गर्न चिकित्सकको सुझाव
काठमाडौं, १८ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल उपचारपछि घर फर्किएका छन् ।
उनी गत असोज १३ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए ।
नेपाललाई ज्वरो र खोकीलगायत समस्या देखिएको थियो । तर उनको कोरोना रिर्पोट भने नेगेटिभ आएको थियो ।
उनका स्वकीय सचिव मोहन गौतमका अनुसार स्वास्थ्यलाभपछि नेपाल आज घर फर्केका हुन् ।
उनलाई चिकित्सकहरूले केही दिन घरमै आराम गर्न भनेका छन् ।
Last modified on 2021-10-04 13:13:35