चिकित्सा आयोगले पिजीको एकीकृत प्रवेश परीक्षा फारम कात्तिकमा खुलाउने
काठमाडौं, १८ असोज । चिकित्सा शिक्षा आयोगले पिजीको एकीकृत प्रवेश परीक्षा फारम कात्तिकमा खुलाउने भएको छ ।
आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार डिएम र एमसिएचको परीक्षाका लागि असोज महिनामा, स्नातकोत्तर तहको कात्तिक र स्नातक तहको मंसिर महिनामा फारम खुल्ला गर्ने भएको हो ।
आयोगले फारम भर्ने काम सकिएपछि परीक्षाको मिति पनि सार्वजनिक गर्ने बताएको छ ।