नेपालमा २९.२ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप,थप ७ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं,१७ असोज । नेपालमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ७ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार १ सय ६४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ४ रहेको छ । जसमा १५ हजार ५ सय ३५ जना होम आइसोलेसनमा छन् भने १ हजार २ सय ७० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

त्यस्तै सक्रिय संक्रमितमध्ये ३ सय ३७ जना आईसीयूमा उपचाररत छन् भने १ सय ४ जना भेन्टिलेटरमा भर्ना भएका छन् । 

त्यस्तै गत २४ घन्टामा देशभर २६ हजार ४ सय १९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन । योसँगै कोरोना विरुद्धको दुबै डोजको खोप लगाउने संख्या ६३ लाख ५२ हजार  ३ सय २२ पुगेको छ । 
 

Last modified on 2021-10-04 09:50:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts