सरकारले दिने १२ प्रकारका रोगको अनुदानमा एक वर्षमा २ अर्बभन्दा बढी निकासा



Download our app to get more features

काठमाडौं, १७ असोज । सरकारले दिने विभिन्न १२ प्रकारका रोगको अनुदानमा एक वर्षमा २ अर्बभन्दा बढी रकम निकासा भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा सरकारले २ अर्ब १३ करोड ३५ लाख ८१ हजार ६ सय ९३ रकम निकासा गरेको हो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक महाशाखाका अनुसार हेमोडायलासिसका ५ हजार ७ सय ९७ बिरामीलाई ८७ करोड ८ लाख ३५ हजार ८ सय ३२ रुपैयाँ, सेरोपोजेटिभका १ सय ३७ बिरामीलाई ४ करोड ७६ लाख ६२ हजार ५ सय रुपैयाँ, पेरिटोनियल डायलासिसका १ सय ९८ बिरामीलाई ७ करोड १० लाख ४५ हजार ३५ रुपैयाँ निकासा भएको छ । 

त्यस्तै औषधि सेवन (ए.कि.आई) का ७ सय ३६ बिरामीलाई २ करोड ४४ लाख ८२ हजार २ सय ३६ रुपैयाँ, मिर्गौला प्रत्यारोपणका १ सय २१ बिरामीलाई २ करोड ७९ लाख १४ हजार ९ सय ९ रुपैयाँ, क्यान्सरका १५ हजार १ सय ८७ बिरामीलाई ६४ करोड १३ लाख ३२ हजार ८० रुपैयाँ निकासा भएको महाशाखाले जनाएको छ । 

त्यसैगरी मुटु रोगका ४ हजार ४ सय १८ बिरामीलाई ३५ करोड २९ लाख ६ हजार ४ सय ७० रुपैयाँ, हेड इन्जुरीका ६ सय ६ बिरामीलाई ४ करोड ५ लाख ८० हजार १ सय ८२ रुपैयाँ, स्पाइनल इन्जुरीका ८ सय ८१ बिरामीलाई ४ करोड ८० लाख ९ हजार २ सय ६४ रुपैयाँ निकासा भएको छ । 

सरकारले पार्किन्सन्सका ९३ बिरामीलाई ९ लाख २९ हजार ७४ रुपैयाँ, अल्जाइमका ३२ बिरामीलाई ४ लाख ९० हजार १ सय ९ रुपैयाँ, सिकलसेल एनिमियाका १ हजार १ सय ४० बिरामीलाई ७३ लाख ९४ हजार ११ रुपैयाँ निकासा गरेको छ । 

नेपाल सरकारले विभिन्न १२ थरीका रोगमा विशेष सहुलियतस्वरुप अनुदान दिँदै आएको छ ।

Last modified on 2021-10-03 14:05:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts