डडेल्धुरामा कोरोना संक्रमणबाट वडा सदस्यको निधन, नगरपालिकाले शोक विदा दिने



Download our app to get more features

डडेल्धुरा, १७ असोज । डडेल्धुरामा एक वडा सदस्यको कोरोना संक्रमणबाट निधन भएको छ । 

जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ५ का सदस्य रहेका ७० वर्षीय जगन्नाथ ओझाको कोरोनाबाट निधन भएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

असोज १४ गते अस्पताल भर्ना भएका उनको आइतबार राति ज्यान गएको हो । १४ गतेबाट नै उनको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।

वडा सदस्यको निधन भएपछि अमरगढी नगरपालिकाले आज (सोमबार) शोक विदा दिने भएको छ । नगरपालिका मातहतमा रहेका सम्पूर्ण कार्यालयमा एक दिन शोक विदा दिइएको नगरप्रमुख विशेश्वर प्रसाद ओझाले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts