मकवानपुरमा भेटिए ४८० जना मुटु रोगी



Download our app to get more features

काठमाडौं, १७ असोज । मकवानपुरका ४८० जनामा मुटु रोग देखिएको छ। शनिबार काठमाडौंको सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको समन्वयमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले गरेको निःशुल्क मुटुरोग शिविरमा आएकामध्ये ८० प्रतिशतमा मुटु रोग देखिएको हो।

बिहान ८ बजेदि अपराह्न ३ बजेसम्म सञ्चालन भएको शिविरमा जिल्लाको विभिन्न स्थानका ६०० जनाले मुटु परीक्षण गराएका थिए। हृदयरोग केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीका अनुसार रोगीमध्ये ३० जनालाई तत्काल काठमाडौं लगेर उपचार गर्नुपर्ने भएको छ। तीनजना बालबालिकाको मुटुको अप्रेशन गनुपर्ने देखिएको पनि उनले बताए।

काठमाडौं गएर उपचार गराउनुपर्नेमा १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका वृद्ववृद्वाको निःशुल्क उपचार हुने अधिकारीले जनाकारी दिए। शनिबार भएको मुटुको परीक्षणले मकवानपुरमा मुटु रोगी धेरै भएको अनुमान गरिएको उनको भनाइ छ।

केन्द्रबाट आएक सात जनाको टोलीले अस्पताल परिसरमा परीक्षण गरेको थियो। मुटु रोग देखिएकाहरुलाई निःशुल्क औषधि वितरण गरिएको अस्पतालका रजिष्ट्रार राजेश प्रसाईंले बताए।

Last modified on 2021-10-03 11:52:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts