गत २४ घन्टामा देशभर ९ जनाको कोरोनाका कारण मृत्यु, थपिए ८ सय ६७ नयाँ संक्रमित
काठमाडौं, १६ असोज । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर उकालो लाग्दै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना संक्रमित थपिनेभन्दा निको हुने दर बढ्दै गएको छ ।
गत २४ घन्टामा देशभर ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार १ सय २३ जना स्वस्थ भएका छन् ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा ८ हजार २ सय १९ कोरोना परीक्षण गरिएको छ । जसाम ५ हजार ५ सय ९८ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ६ सय ५९ जना र २ हजार ६ सय २१ एन्टीजेन परीक्षण गर्दा २ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै हालसम्म नेपालमा आरटी पिसिआर विधिबाट ७ लाख ९६ हजार ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९१ हजार ९ सय २९ जनामा एन्टीजेन विधिबाट कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म देशभर कोरोनाका कारण संक्रमित भएकामध्ये ७ लाख ६७ हजार ८ सय १९ जना स्वस्थ भएका छन् ।
गत २४ घन्टामा देशभर थप ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।