उच्च रक्तश्रावका कारण अछाममा एक जना गर्भवतीको मृत्यु



Download our app to get more features

अछाम, १६ असोज । अछाममा उच्च रक्तश्रावका कारण एक जना गर्भवती महिलाको मृत्यु भएको छ । 

जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर १ रहफका पूर्णकला बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ ।

बिहीबार राति प्रसव पीडा भएपछि रहफ स्वास्थ्य चौकी लगिएको बिकको शुक्रवार साँझ मृत्यु भएको रहफ स्वास्थ्य चौकीका अनमी गीता लम्सालले बताइन् ।

घरमै सुत्केरी व्यथा लागेको बिकलाई स्वास्थ्यचौकी लगिएकोमा रक्तश्रावका कारण बच्चा जन्माउन नसक्दा मृत्यु भएको स्वास्थ्य चौकी रहफले जनाएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts