बिपी स्वास्थ्य प्रतिष्ठान : दीर्घकालीन प्रभाव पर्ने काम नगर्न उपकुलपति गिरीलाई निर्देशन



Download our app to get more features

काठमाडौं, १५ असोज । सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विवादित उपकुलपति डा। ज्ञानेन्द्र गिरीलाई प्रतिष्ठानमा दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न निर्देशन दिएको छ। 

राज्यमन्त्रीस्तरीय निर्णय गर्दै  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानका कर्मचारी तथा प्राध्यापकसँग स्पष्टीकरण सोध्ने र प्रतिष्ठानलाई दीर्घकालीन प्रभाव पार्ने खालका कुनै पनि काम नगर्न पत्र पठाएर निर्देशन दिएको हो।

मन्त्रालयले उनलाई पठाएको पत्रमा‚ 'प्रतिष्ठानका समस्याका विषयहरू छानबिनको प्रक्रियामा रहेकाले प्रतिष्ठानका कर्मचारी तथा प्रोफेसरलाई स्पष्टीकरण सोध्ने तथा प्रतिष्ठानमा दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्नरनगराउन प्रतिष्ठान ऐन २०४९ को दफा २० (क) बमोजिम निर्देशित गरिएको व्यहोरा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री एवं प्रतिष्ठानका सहकुलपतिस्तरको निर्णयानुसार अनुरोध छ।'  

यसअघि सरकारले गरेको छानबिनका क्रममा उपकुलपति गिरीले प्रतिष्ठानको हितविपरीत काम गरेको, प्राध्यापक नै नभई झूटो विवरण पेश गरेको भन्दै उनलाई कारबाही अघि बढाइसकेको छ।

उपकुलपति डा. गिरीले केही दिनअघि प्रतिष्ठानका प्रा।डा। पारसकुमार पोखरेललाई वार्षिकोत्सव मनाएको भन्दै स्पष्टीकरण सोधेका थिए।

उपकुलपतिले बिनाकारण दुःख दिने नियतले स्पष्टीकरण सोधेको भन्दै प्रतिष्ठानका कर्मचारी तथा विद्यार्थीले त्यसको विरोध गरेका छन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts