धनगढीको केजी अस्पतालमा ६ महिने शिशुको मृत्यु, डाक्टरले लापरबाही गरेको आरोप



Download our app to get more features

धनगढी, १५ असोज ।  केजी अस्पतालमा ६ महिने शिशुको मृत्यु भएको छ। डोटीको दीपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का विष्णु विकका ५ महिने शिशु सायलको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए। 

मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएका छन्।

‘उपचार नहुने विरामीलाई रेफर गरिहाल्छौँ भन्दै ६ दिनसम्म उपचार गरियो,’ मृतक शिशुका काका शंकर विकले भने, ‘अन्यत्र लैजान्छौँ भन्दा डाक्टरले बाहिर गर्ने उपचार पनि यस्तै हो भनेर आलटाल गरे। अहिले मृत्यु भएको छ।’ विरामी भएपछि डोटीको महाकाली मेडिकलमा पुगाइएका शिशुमा अक्सिजनको अभाव भएको भन्दै रेफर गरिएको थियो।   मृतकका आफन्तले अस्पतालमा भएको लापरबाहीमाथि छानबिन गरि दोषीलाई कारबाहीको माग गरेका छन्।

Last modified on 2021-10-02 06:23:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts