ज्येष्ठ नागरिकको सम्मान र सुरक्षालाई सरकारले विशेष महत्व दिन्छ : प्रधानमन्त्री देउवा



Download our app to get more features

काठमाडौं, १५ असोज ।  आज ३१ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । हरेक वर्ष अक्टोबर एकमा यो दिवस मनाउने गरिन्छ ।

गत डेढ दशकदेखि नेपालमा ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । सरकारले यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने तय गरेको छ ।

दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षालाई सरकारले विशेष महत्व दिने बताएका छन् ।

नागरिक स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्ता, सातवटै प्रदेशमा ज्येष्ठ नागरिक आरोग्य आश्रम निर्माण गर्ने, हरेक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने र अन्य स्वास्थ्य संस्थामा पनि ज्येष्ठ नागरिकका सुविधा र उपकरणको स्तरोन्नति गर्ने उनको प्रतिबद्धता छ ।

सबै ज्येष्ठ नागरिकलाई निःशुल्क प्रिमियमसहितको बिमा गराउने, यातायात् सेवामा ज्येष्ठ नागरिकका लागि सिट आरक्षण र भाडा छुट जस्ता सुविधाको व्यवस्थालाई महसुस हुने गरी कार्यान्वयन गरिने पनि प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

पछिल्लो समयमा ज्येष्ठ नागरिकप्रति गरिने दुर्व्यवहार तीव्र रूपमा बढ्दै गएको अध्ययनले देखाएको छ । पहिला एक महिनामा ज्येष्ठ नागरिकको बेवारिसे शव पाँचदेखि छ वटा मात्र भेटिन्थ्यो भने अहिले सो संख्या बढेर २० देखि २५ पुगेको छ ।

Last modified on 2021-10-01 13:03:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts