एकैदिन २ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप,थप १२ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं,१४ असोज । नेपालमा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १२ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार १ सय ३५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ६८ रहेको छ । जसमा १६ हजार ८ सय २ जना होम आइसोलेसनमा छन् भने १ हजार ३ सय ६६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

त्यस्तै सक्रिय संक्रमितमध्ये ३ सय ५३ जना आईसीयूमा उपचाररत छन् भने ११७ जना भेन्टिलेटरमा भर्ना भएका छन् । 

त्यस्तै गत २४ घन्टामा देशभर २ लाख ८९ हजार ३ सय ८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन । योसँगै कोरोना विरुद्धको दुबै डोजको खोप लगाउने संख्या ६२ लाख ८५ हजार  ७ सय ४० पुगेको छ । 
 

Last modified on 2021-10-01 11:36:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts