रोग लाग्नु अघि नै सर्तकता अपनाऔं : डा. कोईराला



Download our app to get more features

काठमाडौं, १३ असोज ।  विश्व मुटु दिवसको अवरसमा लायन्स क्लब अफ काठमाण्डौं लर्डबुद्धको आयोजना, बागमती लर्ड बुद्धको सहकार्य तथा मनमोहन कार्डियाथोरासिक भास्कुलर तथा टान्सप्लाण्ट सेन्टर र नेपाल कोरिया मैत्री अस्पतालको प्राविधिक सहयोगमा आर्दश उच्च मा.वि. लायकु मध्यपुर, ठिमी ४ भक्तपुरमा जनचेतना मुलक कार्यक्रम तथा मुटु तथा दन्त शिविर सम्पन्न भएको छ ।

शिविरमा करिब चार सय जनाको मुटु सम्बन्धि परिक्षण गरिएको थियो भने करिब ५० जनाको दन्त परिक्षण गरिएको थियो । शिविर उद्घाटन गर्दै  नेपाल मेडिकल काउन्सिलका अध्यक्ष वरिष्ठ मुटु रोग विशेषज्ञ प्राध्यापक  डा.भगवान कोइरालाले मुटु रोगको कारण देशभर बर्सेनि ३० हजार व्यक्तिको मृत्यु हुने गरेको जानकारी दिँदै मुटु रोग लाग्न नदिन खानपान तथा जीवन शैली परिवर्तन गर्न आग्रह गरे ।  डा. कोइरालाले रोग लागेर उपचार गर्न जानु भन्दा पहिले नै सचेत हुन सके आफ्नो स्वास्थ्यलाई सुरक्षित राख्न सकिने बताए ।  

लायन्स क्लब अफ काठमाण्डौं लर्ड बुद्धका संस्थापक अध्यक्ष तथा डिस्टिक ३२५ बी वानका चार्टर प्रेसिडेण्ट विष्णुप्रसाद भण्डारीले क्लवले विगत वर्षहरुमा पनि देशका विभिन्न दुर्गम जिल्लाहरुमा यस खालका शिविर आयोजना गरेको जानकारी दिँदै यो वर्ष कोभिडको कारण टाढा जान कठिन भएकोले भक्तपुरमा शिविर आयोजना आयाजना गरिएको बताए । यस्तै कार्यक्रममा मध्यपुर ठिमिका उपप्रमुख अन्जना देवि मधिकर्मीले भक्तपुरमा शिविरि सञ्चालन गर्दा नगरका सयौं बासिन्दा लाभान्वित भएको बताउँदै आउने दिनमा आयोजना हुने भन्दै यस्ता शिविरमा नगरपालिकाको समेत साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरिन ।

लायन्स कलब अफ काठमाडौं इभा, लायन्स कलब अफ काठमाडौं लिटिल बुद्ध,लायन्स कलब अफ काठमाडौं लाफिङ बुद्ध,लायन्स कलब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्ध, लायन्स कलब अफ काठमाण्डौं बुद्ध भूमीको सहयोगमा सम्पन्न उक्त शिविरमा डा. कोईरालाका साथै मुटु रोग विशेषज्ञ डाक्टरहरु डा. सञ्जिव थापा, डा.भवानी मानन्धर,डा. रवि कुमार बराल,डा. विजय यादव,डा.लोकेश आचार्य,डा.शिपाली यादव,डा.प्रकृती अधिकारी,डा.किपा मानन्धर,डा. सुतन यादव,लगायतका चिकित्सकहरु तथा अन्य स्वास्थ्यकर्मीहरुको बिरामीहरुको चेक जाँच गरेका थिए । 

शिविरमा इको,एजिसि,इन्डोस्कपी सुगर टेष्ट तथा निशुल्क औषधी वितरण गरिएको लायन्स क्लब अफ काठमाडौं गौतम बुद्धका अध्यक्ष राम बादुर क्षेष्ठले जानकारी दिए । क्लबले विगतमा गुल्मी,अर्घाखाँची,दोलखा,उदयपुर लगातयतका दुर्गम जिल्लाहरुमा विगतका वर्षहरुमा मुटु रोग सम्बन्धि विभिन्न खालका जनचेतनामुलक कार्यक्रमहरु तथा क्याम्पहरु सञ्चालन गर्नुका साथै त्यसता शिविरमा जटिल खालका समस्या भएका मुटु रोगीहरुका लागि थप उपचारका लागि गंगालाल ह्दय रोग केन्द्रसँग समन्वय गरि उपचारमा समेत सहयोग गर्ने , शारीरिक अपाङ्गता भएकाहरूका लागि ह्वील चेयर वितरण जस्ता कार्य गरेको कल्वले जानकारी दिएको छ । यस्तै ब्लबले जटिल प्रकारका रोग भएका मुटुका रोगी गुल्मी जिल्ला निवासि भुवन पन्थिलाई आजिवन औषधी उपलब्ध गराइरहको समेत क्लबले जानकारी दिएको छ । 

Last modified on 2021-09-30 10:33:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts