नेपालमा २.२९ प्रतिशत सक्रिय संक्रमित,थप ८ जनाको मृत्यु 



Download our app to get more features

काठमाडौं,१३ असोज । नेपालमा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ८ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार १ सय २३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ९३ रहेको छ । जसमा १६ हजार ८ सय ७८ जना होम आइसोलेसनमा छन् भने १ हजार ३ सय १५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

त्यस्तै सक्रिय संक्रमितमध्ये ३ सय ५४ जना आईसीयूमा उपचाररत छन् भने ९९ जना भेन्टिलेटरमा भर्ना भएका छन् । 

त्यस्तै गत २४ घन्टामा देशभर २ लाख ८६ हजार १ सय ४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन । योसँगै कोरोना विरुद्धको दुबै डोजको खोप लगाउने संख्या ६२ लाख ३८ हजार १ पुगेको छ । 
 

Last modified on 2021-09-30 07:20:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts