सेती अस्पतालद्वारा सेवा विस्तार
धनगढी, १३ असोज । सेती प्रादेशिक अस्पतालले प्रयोगशालाको स्तरोन्नती गरी सेवा विस्तार गरेको छ । आफ्नै प्रयोगशाला भवनमा नयाँ मेसिन राखेर विभिन्न रोगको परीक्षण गर्न सुरु गरिएको हो ।
अस्पतालले मुटुरोग, क्यान्सर, डायबिटिज लगायत अन्य रोगको परीक्षण सुरु गरेको अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले बताए ।
सेती अस्पतालले सञ्चालनमा ल्याएको प्रयोगशालामा कम शुल्कमा परीक्षण हुने भएपछि सेवाग्राहीलाई सहज हुने विश्वास लिइएको छ । यस अघि पनि सेती प्रादेशिक अस्पतालले आफ्नो प्रयोगशालाबाट विभिन्न परीक्षण गर्दै आएको थियो ।