बागमती प्रदेशको स्वास्थ्य सचिवमा बद्री खड्का
काठमाडौं, १३ असोज । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा बद्रीबहादुर खड्का नियुक्ती भएका छन् । बागमतीमा हालैमात्र स्वास्थ्य मन्त्रालय बनाइए पनि स्वास्थ्य सचिवको नियुक्ती हुन सकेको थिएन ।
खड्कालाई बुधबार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार सचिवमा नियुक्त गरिएको हो। स्वास्थ्य शिक्षा समूहका ११औं तहमा कार्यरत खड्का प्रदेशका वरिष्ठ कर्मचारी हुन्।
खड्काले बुधबार पत्र बुझेपछि आफूलाई दिएको नयाँ जिम्मेवारी अनुसारको काम अगाडि बढाउने बताएका छन् ।
सचिवमा नियुक्त हुनुअघि खड्का स्वास्थ्य कार्यालय काठमाडौंमा प्रमुखका रुपमा कार्यरत थिए। खड्का स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको निर्देशक समेत भइसकेका छन्।
Last modified on 2021-09-29 15:34:17