नेपालमा २८.५ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप,थप १२ जनाको मृत्यु
काठमाडौं,१२ असोज । नेपालमा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १२ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार १ सय १५ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय २२ रहेको छ । जसमा १७ हजार १ सय २५ जना होम आइसोलेसनमा छन् भने १ हजार २ सय ९७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
त्यस्तै सक्रिय संक्रमितमध्ये ३ सय ६४ जना आईसीयूमा उपचाररत छन् भने १ सय २० जना भेन्टिलेटरमा भर्ना भएका छन् ।
त्यस्तै गत २४ घन्टामा देशभर २ लाख ८ हजार ९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन । योसँगै कोरोना विरुद्धको दुबै डोजको खोप लगाउने संख्या ६२ लाख ५ हजार ७ सय ७० पुगेको छ ।
Last modified on 2021-09-29 07:00:23