सेती अस्पतालमा नितम्बीय हड्डीको सफल शल्यक्रिया 



Download our app to get more features

धनगढी, १२ असोज ।  सेती प्रादेशिक अस्पतालमा नितम्बीय हड्डीको सफल शल्यक्रिया गरिएको छ। सुदूरपश्चिमको सरकारी अस्पताल भएको यो शल्यक्रिया पहिलोपटक हो ।

हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डक्टर मधुसुदन घले गुरूङ्ग, डक्टर ललीत चौधरी, डा.प्रशान्तदिप कार्की, डा.शिवराज पनेरु, ओटी असिस्टेन्ट रामिया चौधरी, एनेस्थेसिया डा.सरोज आर्याल र एनेस्थेसिया असिस्टेन्ट डा.क्षीतिज विक्रम शाहको टोलीले सफल शल्यक्रिया गरेको हो ।

यस्तै जटील मेरुदण्डको पनि सफतापूर्वक सल्यक्रिया गरेको डा.ललीत चौधरीले बताए । उनले तिहारपछि दुरविन प्रविधिबाट घुँडाको शल्यक्रिया सुरु गर्ने समेत बताए । अब हाडजोर्नी सम्बन्धी जटील शल्यक्रिया अस्पतालमै गरिने भएपछि बाहिर जानुपर्ने बिरामीलाई सहज भएको डा.चौधरीको भनाई छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts