राष्ट्रिय भिटामिन 'ए' कार्यक्रमको मिति परिवर्तन,कार्तिक ७ र ८ गते खुवाइने
काठमाडौं, १२ असोज । राष्ट्रिय भिटामिन 'ए' कार्यक्रमको मिति परिवर्तन भएको छ । सरकारले अब कार्तिक २ र ३ गते भिटामिन 'ए' खुवाउने भएको हो ।
कात्तिक २ र ३ गतेका लागि तय भएको कार्यक्रम दशैंका कारण मिति सारिएको हो । उक्त कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन 'ए' खुवाउनुका साथै जुकाको औषधि र बालभिटा समेत दिइन्छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको सिफारिस अनुसार सचिवस्तरीय निर्णयबाट नयाँ मिति तय भएको हो। मिति परिवर्तन भएको जानकारी सबै ७५३ वटै स्थानीय तहलाई गराइएको छ ।
सरकारले ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन 'ए'क्याप्सुल, १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बालभिटा वितरण गर्दै आएको छ।
Last modified on 2021-09-28 11:44:13