राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङ : ४२ नमूना परीक्षण गर्दा सबैमा डेल्टा भेरिएन्ट पुष्टि
काठमाडौं, १२ असोज । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङ सुरु भएको छ ।
प्रयोगशालाकी निर्देशक डा.रुना झाले त्रि.वि.जैविक प्रविधि केन्द्रीय विभागमा १६ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ वटा नमूनाहरूको परीक्षण गरेर जीन सिक्वेन्सिङ सुरु भएको बताइन् ।
उनले भदौ र असोजमा सङ्कलन भएका नमूनाहरूमध्ये ४२ वटा नमूनाको जीन सिक्वेन्सिङ गरिएकोमा सबैमा डेल्टा भेरिएन्ट देखिएको बताइन् ।
यस्तै वैशाखमा एउटा “एस” जीन नेगेटिभ भएको नमूनामा अल्फा भेरिएन्ट फेला परेको पनि उनले बताइन् ।
जीन सिक्वेन्सिङका लागि एफएचआई–३६० तथा नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालय र त्रि.वि.जैवीक प्रविधि केन्द्रीय विभागलाई वाशिङटन विश्वविद्यालयले प्राविधिक सहयोग गरेको छ ।
Last modified on 2021-09-28 07:48:05