विश्व रेविज दिवस

रेविज रोगको उपचार नभएका कारण समयमै विचार पुर्याउन डा.पुनको आग्रह

जानौं रेविजरोग र यसका लक्षणबारे



Download our app to get more features

आज विश्व रेविजविरुद्धको दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । सरकारले “रेविजः तथ्य बुझौं, त्रसित नहोऔं” नाराका साथ यस वर्षको विश्व रेविज दिवस मनाउँदैछ । कुकुरले टोकेर लाग्ने रेविज रोगको उपचार नभएका कारण रेविजबारे बुझ्न आवश्यक रहेको भन्दै सरकारले सबैलाई रेविजबारे समयमै विचार पुर्याउन आग्रह गरेको छ । 

कुकुर हामी धेरैको प्रिय घरपालुवा जनावरमध्येको एक हो । घरपालुवा वा बाटोमा हिँड्ने छाडा कुकुरले टोकेमा यदि कुकुर रेविज भाइरसबाट सङ्क्रमित छ भने मानिसलाई पनि रेविज लाग्ने सम्भावना हुन्छ । रेविज भाइरसबाट सङ्क्रमित जनावरहरुको टोकाईबाट लाग्ने र नसा र दिमागलाई असर पुराउने एक किसिमको रोग हो । 

कोरोना महामारी आउनु अगाडी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै छाडा र घर पालुवा कुकुरले टोकेर दैनिक ६० देखि ८० जना अस्पताल आउने गरेका थिए । तर, पछिल्लो समय कोरोना विशेष अस्पताल बनेपछि त्यहाँ रेविज खोप लगाउन आउने र कुकुरले टोकेर आउने बिरामीको संख्या न्यून छ । रेविज लाग्न सक्ने सम्भावनालाई वेवास्ता गर्दा काठमाडौं उपत्यकामा मात्रै वर्षेनी ५० जनाको मृत्यु हुने गरेको थियो ।

किन लाग्छ रेविज ?
रेविज भाइरस नै यो रोगको कारण हो । सङ्क्रमित जनावरको टोकाईपछि रेविज भाइरस मांशपेशीबाट नसा हुँदै दिमागमा पुग्छ र फेरि शरीरको विभिन्न भागमा फैलन्छ । मुख्यतया हाम्रो देशमा सङ्क्रमित कुकुरको टोकाइबाट स्वस्थ मानिस रेबिवबाट सङ्क्रमित हुन पुग्छ । चमेरो, फ्याउरो, छुचुन्द्रो आदि जनावरहरुको टोकाईबाट पनि रेविज लाग्न सक्छ ।

लक्षणहरुः

  • सङ्क्रमित जनावरले टोक्नु
  • ज्वरो आउनु
  • टाउको दुख्नु
  • मांशपेशी दुख्नु
  • निन्द्रा नलाग्नु
  • होस गुमाउनु
  • निल्न गाह्रो हुने, पानी पिउन दिदा डराउने वा पिउन नखोज्ने

मानसिक समस्याहरु जस्तै : चाडै रिसाउने, टोलाइरहने, बेहोस हुने, अरुले बोलेको जस्तो सुन्ने अन्त्यमा मृत्यु हुने

जाँचः
सङ्क्रमित जनावरले टोक्नु र माथिको लक्षणहरु देखिनुले रेविज लागेको पुस्टि हुन्छ ।
थप रगत जाँच र वायोप्सी पनि गर्न सकिन्छ ।

कुकुरले टोकेमा के गर्ने ?
घाउको प्राथमिक उपचारः जनावरले टोकेको ठाँउमा साबुन पानीले करिब ५ मिनट राम्रोसँग धुने । घाउ ठूलो छ, छाला उप्केको छ वा घाउ टाउकोको नजिकै छ भने तुरुन्त अस्पताल जाने । अन्य अवस्थामा पनि अस्पताल गएर रेबिजबाट बच्नको निम्ती खोप लगाउदा सुरक्षित भइन्छ । पहिलो दिन लगाएपछि तेस्रो, सातौँ र चौधौं दीन लगाएपछि खोपको मात्रा पुरा हुन्छ ।

बच्ने तरिकाः

  • घरपालुवा कुकुर तथा अन्य जनावरहरुलाई रेविजविरुद्धको खोप लगाउने
  • घरपालुवा जनावरलाई खुला बाटोमा हिड्ने जनावरहरुसँग सम्पर्कमा नल्याउने
  • फार्ममा काम गर्ने वा जनावरहरुसँग नजिक भइरहनेहरुले खोप लगाउने
  • रेविजबाट सम्भावित सङ्क्रमित जनावरहरुले टोकेमा खोप लगाउने 

सरकारले रेविजविरुद्धको खाप देशभरका प्राथमिक स्वास्थ्य केन्द्रस र स्वास्थ्य संस्थाहरूमा निः शुल्क उपलब्ध गराएको छ ।

Last modified on 2021-09-28 10:48:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts