एकैदिन ३ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप,थप ७ जनाको मृत्यु
काठमाडौं,११ असोज । नेपालमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ७ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार १ सय ३ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ४८ रहेको छ । जसमा १७ हजार ५ सय ३५ जना होम आइसोलेसनमा छन् भने १ हजार ३ सय १३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
त्यस्तै सक्रिय संक्रमितमध्ये ३ सय ८५ जना आईसीयूमा उपचाररत छन् भने १ सय २५ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।
त्यस्तै गत २४ घन्टामा देशभर ३ लाख १२ हजार ८ सय ७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन । योसँगै कोरोना विरुद्धको दुबै डोजको खोप लगाउने संख्या ६१ लाख ६५ हजार ५२ पुगेको छ ।
Last modified on 2021-09-28 07:18:59