कान्ति अस्पतालमा स्वास्थ्य उपकरण अभाव,क्यान्सर पीडीतको उपचारमा समस्या



Download our app to get more features

काठमाडौं, ११ असोज । कान्ति बाल अस्पतालमा स्वास्थ्य उपकरणहरु अभाव हुँदा क्यान्सर पीडितको उपचारमा समस्या हुन थालेको छ । 

अस्पतालले बिगत २३ वर्षदेखि क्यान्सर उपचारसम्बन्धी सेवा दिँदै आएकोमा आवश्यक उपकरण नहुँदा समस्या हुने गरेको छ । अस्पताल प्रशासनका अनुसार क्यान्सरमा चेकजाच गर्नुपर्ने कतिपय स्वास्थ्य उपकरणहरु नहुँदा समस्या हुने गरेको छ ।

अस्पतालका निर्देशक डा.अजित राइमाझीले नेपालको एक मात्रै केन्द्रीय बाल अस्पतालमै क्यान्सर उपचारका लागि आवश्यक पर्ने उपकरण अभाव हुँदा सेवाग्राहीलाई सहज रुपले सेवा प्रदान गर्न समस्या हुने गरेको बताए ।

डा.राइमाझी भन्छन्, ‘हाम्रो जस्तो देशमा रोगको उपचारसँगै संक्रमणहरु  नियन्त्रण गर्नुपर्छ । त्यसका लागि विभिन्न उपकरणहरुको आवश्यकता पर्छ त्यो हामीसँग छैन् । त्यस्ता उपकरणहरू खरिद गर्न महँङ्गो पर्छ हामीसँग बजेट छैन् ।’ 

उनका अनुसार अस्पतालमा क्यान्सर बिरामीले प्रयोग गर्ने चर्पीकासाथै हात धुने ठाउँहरु सफा गर्ने मेशिन छैन् । क्यान्सर बिरामीलाई खाना खुवाउनका लागि बनाउने ठाउँ छैन् । क्यान्सर लागेका बालबालिकाको अभिभावकलाई बस्ने ठाउँको अभाव छ । 

त्यस्तै अस्पतालमा एमआरआई मेशिन छैन्, इमीनोसाइट्रो केमेस्ट्रि, इमीनोहिस्ट्रो केमेस्ट्रि लगायतको जाँचहरु गर्नका लागि बाहिर देशमा पठाउने गरेको डा.राइमाझी बताउछन् । 

सरकारले धुम्रपान गरेवापतको कर क्यान्सर बिरामीलाई दिने भनेपनि अहिलेसम्म सबै रकम नदिएको र यदि सबै रकम दिने हो भने क्यान्सर उपचारमा समस्या नहुने डा.राइमाझीको भनाइ छ । 

अस्पतालमा दैनिक ७ देखि ८ जना क्यान्सरका बिरामी दैनिक उपचारका लागि आउने गर्दछन् भने हप्तामा ४ देखि ५ जना क्यान्सरका नयाँ बिरामी भर्ना हुने गरेका छन् । हाल अस्पतालमा क्यान्सर बिरामीका लागि २० वटा बेड रहेको छ भने ८ वटा सर्भिस बेडहरु रहेका छन् ।

Last modified on 2021-09-27 16:52:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts